कवि ढुंगानाको दोस्रो कृति बजारमा


काठमाडौँ । कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीले आफू साहित्य, संगीत, कला र संस्कृतिप्रति सधैं सकारात्मक रहेको बताएका छन् ।
तरेली साहित्य प्रतिष्ठानका आजीवन सदस्य भरतमणि ढुंगानाको ‘आमा’ खण्डकाव्यको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि कार्कीले सो विचार व्यक्त गरेका हुन् । प्रतिष्ठानको एक सय ३५औं शृङ्खलाअन्तर्गत ढुंगानाको दोस्रो कृति लोकार्पण गरिएको हो । सो अवसरमा नेपाली काँग्रेसका नेता कवीर शर्मा, पत्रकार, स्रष्टा तथा अधिकारकर्मी प्राध्यापक पुरुषोत्तम दाहाल, कवि कलानिधि दाहाल, गोविन्द घिमिरे वेदमणि, स्रष्टा तथा सो कृतिका भूमिका लेखक ज्ञाननिष्ठ ज्ञवाली, कृष्णप्रसाद नेपालले कवि र कृतिबारे आ-आफ्नो धारणा राखेका थिए ।
तरेलीका सचिव कान्छा तिवारीले सञ्चालन गरेको सो कार्यक्रममा सुरभि साहित्य प्रतिष्ठानका बाजुराम पौडेल र सागरमणि ढकाललगायतले कृतिभित्रका रचना वाचन गरेका थिए । तरेलीले हालसम्म नौवटा कृति र तीनवटा स्मारिका पनि प्रकाशन गरिसकेको छ । विष्णु तिवारीले हास्यव्यङ्ग्य प्रस्तुत गरेको सो कार्यक्रममा नगरप्रमुख कार्कीले तरेली साहित्य प्रतिष्ठानलाई साहित्यिक गतिविधिको प्रवद्र्धनका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आफू पनि साहित्यानुरागी भएको बताउँदै उनले सो अवसरमा भने– ‘मैले पनि आफ्ना पिताजीका फुटकर कविताका पाण्डुलिपिलाई प्रकाशन गरेर सार्वजनिक गरेको थिएँ । साहित्य, धर्मसंस्कृतिका लागि आफूले नगरपालिकामार्फत यथाशक्य बजेट छुट्याउने व्यवस्था गर्नेछु । कागेश्वरीको नगरस्तरीय प्रज्ञा प्रतिष्ठान पनि छिट्टै गठन हुने प्रयासमा छ ।’

Skip This

Omoda E5 Pro