काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो जिल्ला अधिवेशन सनिबारदेखि देशैभर सूरु भएको छ । सनिबार नभएको जिल्लाहरुमा आज(आइतबार) भइरहेको छ ।
यसैबीच रास्वपा गोरखा जिल्लाको अधिवेशन अहिले भइरहेको छ । जारी रास्वपा गोरखाको जिल्ला अधिवेशनमा पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ पनि सहभागि भएका छन् ।

गुरुङ गोरखा क्षेत्र नम्बर १ बाट गत फागुन २१ मा सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचित सांसद हुन् ।



प्रतिक्रिया