बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङको नयाँ नेतृत्व चयन पनि विवादमा तानिएको छ । पहिलो जिल्ला अधिवेशनबाट चयन भएको कार्यसमितिलाई एक समूहले विधि र प्रक्रिया मिचेर एकतर्फी रूपमा घोषणा गरिएको भन्दै एक समूहले विरोध गरेको हो ।
शनिबार र आइतबारका लागि तोकिएको अधिवेशनमा अध्यक्ष पदका लागि ४ जनाको दाबेदारी रहेकोमा निर्वाचन समितिले एकतर्फी रूपमा पुनम शर्मालाई अध्यक्ष घोषणा गरेको उनीरुहरुको आरोप छ । अध्यक्षमा उनीसँगै ढालेन्द्र रायमाझी, खिमानन्द पौडेल, मनोज खड्का र पुनम शर्मा उम्मेदवार थिए ।
उपाध्यक्ष,सचिव, कोषाध्यक्षमा र सहसचिव सबै पदहरुमा एकलौटी ढंगले घोषणा गरेको भन्दै उक्त अधिवेशनको कार्यसमिति स्वीकार नगर्ने असन्तुष्ट पक्षको भनाइ छ ।
निर्वाचन समितिमा बागलुङ १ का सांसद सुशील खड्का प्रमुख थिए भने २ नम्बर क्षेत्रका सांसद सोम शर्मा र प्रदेश सदस्य चित्रबहादुर थापा सदस्य थिए ।
अध्यक्षका दाबेदार ढालेन्द्र रायमाझी र गलकोट नगर अध्यक्ष राजेन्द्र पुन लगाायतले अधिवेशनको प्रक्रियामाथि असन्तुष्टि जनाएका हुन् ।



प्रतिक्रिया