भारत भ्रमणबारे रवि लामिछानेले दलहरूलाई गराए जानकारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् ।

उनले आज सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे जानकारी गराएका हुन् ।

लामिछानेले यही जेठ १८ गतेदेखि पाँच दिने भारत भ्रमण गरेका थिए । भ्रमणका क्रममा क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए । भारतबाट फर्किएपछि सभापति लामिछानेले सर्वदलीय बैठक राखेर भ्रमणबारे जानकारी गराएका हुन् ।

Skip This

Omoda E5 Pro