प्रधानमन्त्रीले संसदमा आएर आफूले बोलेको वाक्य सच्याउनुपर्छ : हर्क साम्पाङ


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा आएर आफूले बोलेको वाक्य सच्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा आकस्मिक समयमा सांसद साम्पाङले भने– ‘प्रधानमन्त्रीले सीमा सम्बन्धमा व्यक्त गरेको धारणा सच्याउनुपर्छ । अरू मन्त्रीले सच्याएर हुन्न उहाँ आफै आएर सच्याउनुपर्छ ।’

प्रधानमन्त्री शाहले गत जेठ १७ गते बसेको संसद बैठकमा सांसदहरुको प्रश्नमा जवाफ दिने क्रममा ‘नेपालले पनित भारतको सीमा मिचेको छ’ भनी बताएका थिए ।

Skip This

Omoda E5 Pro