काठमाडौँ । विपक्षी दलहरूको लगातारको नाराबाजी र अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए । सभामुखले पटक-पटक बैठकलाई सुचारु गर्न र आफ्नो सिटमा बस्न आग्रह गर्दा पनि विपक्षी दलका सांसदहरूले नाराबाजी जारी राखेपछि संसद्को गतिरोध तत्कालका लागि अन्त्य हुन नसकेको हो ।
विपक्षीको निरन्तरको अवरोध र होहल्लाका कारण संसद्को कार्यसूची अगाडि बढाउन नसकिएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।



प्रतिक्रिया