जेनजी आन्दोलनमा हिरासतबाट भागेका प्रतिवादी पक्राउ


काठमाडौँ । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी बिराज सिंह लवट (खत्री) पक्राउ परेका छन्।

काठमाडौँको तार्केश्वर नगरपालिका–१ घर भएका ४३ वर्षीय लवटलाई काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित केन्द्रीय कारागार नजिकैबाट नियन्त्रणमा लिइएको हो।

लवट यसअघि जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त बालाजुको हिरासतबाट फरार भएका थिए।

पक्राउ परेका लवटलाई अहिले काठमाडौँकै प्रहरी वृत्त जनसेवामा राखेर घटनाका सम्बन्धमा थप कानुनी कारबाही तथा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Skip This

Omoda E5 Pro