काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले संसद्को गतिरोध अन्त्य गर्न सत्तापक्षले तत्परता नदेखाउनु खेदजनक भएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद केसीले लामो समयदेखि जारी संसद् अवरोध खुलाउन सरकार र सत्तारुढ दल गम्भीर नभएको आरोप लगाएका हुन् ।
सदन खुलाउने विषयमा देखिएको उदासीनता केवल प्रतिपक्षको उपेक्षा मात्र नभएको उनको टिप्पणी छ । केसीले लेखेका छन्, “जनताको सार्वभौम इच्छा र भावनाको प्रतिनिधित्व गर्ने सर्वोच्च नीतिगत मञ्च संसद्प्रतिको अनादर हो । यसले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरेको छ ।”
उनले संसद्लाई बन्धक बनाएर राख्दा जनसरोकारका कैयौँ मुद्दाहरू अलपत्र परेको भन्दै तत्काल संवादमार्फत निकास खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।



प्रतिक्रिया