काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटले दशकौँदेखिका समस्या एकै पटक समाधान गर्छ भन्नु गलत अपेक्षा रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट सन्दर्भमा नीति संवाद कार्यक्रममा बोल्दै उनले दशकौँदेखि जकडिएर रहेका आर्थिक समस्याहरू एउटै बजेटले जादुमयी ढंगले समाधान गर्छ भन्ने खालको आम अपेक्षा नै व्यावहारिक नभएको बताए ।
राज्यले सेना, प्रहरी र स्वास्थ्य जस्ता संवेगात्मक एवं आधारभूत क्षेत्रहरूमा अनिवार्य रूपमा लगानी र काम गर्नैपर्ने बाध्यता रहेकाले बजेटको ठूलो हिस्सा यस्ता संवेदनशील क्षेत्रमा केन्द्रित हुनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
बजेट निर्माण र कर नीतिका सम्बन्धमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले आफूले बजेट प्रस्तुत गर्दाकै बखत करका दरहरूमा ऐतिहासिक रूपमा हेरफेर गरिएको बताए । उनले भने, ‘सरकारले जनता र व्यवसायीमाझ समग्र करको बोझ घटाउने प्रतिबद्धता व्यक्त गरेको थियो । सोही योजना र वाचा अनुरूप नै कामको थालनी भइसकेको छ ।’



प्रतिक्रिया