व्यास नगरपालिकाले भन्यो- नियमविपरीत निर्माण गरिएका संरचना हटाउनु


तनहुँ । व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा नियम विपरीत निर्माण गरिएका संरचना हटाउन सबैमा आग्रह गरेको छ ।

नगरपालिकाले सोमबार सूचना प्रकाशित गरी सडक अधिकार क्षेत्र तथा सडकपेटी अवरुद्ध हुने गरी बनाइएका पक्की संरचना, बरन्डा तथा टिनका संरचना हटाउन आग्रह गरेको हो । इन्जिनियर अमृत केसीले जारी गरेको सूचना अनुसार नगर कार्यपालिकाको यही जेठ २२ गतेको २३८ औँ बैठकले सो निर्णय गरेको हो ।

यस अवधिभित्र सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना सम्बन्धित घरधनी आफैँले हटाएर सहयोग गरिदिन अनुरोध गरिएको उनले बताए ।

समय सीमाभित्र संरचना नहटाए प्रचलित कानुनबमोजिम नगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरी त्यस्ता संरचना हटाउने सूचनामा उल्लेख छ ।

Skip This

Omoda E5 Pro