कांग्रेसको सदस्यता अद्यावधिक गर्ने अन्तिम मिति आज,जनप्रतिनिधिहरूलाई ‘अनिवार्य’ गर्न निर्देशन


काठमाडौं । नेपाली कांग्रेसले निर्वाचित जनप्रतिनिधिहरूलाई आजसम्ममा आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्न निर्देशन दिएको छ । क्रियाशील सदस्यता अद्यावधिक नगरे १५औँ महाधिवेशनमा सहभागी हुन नपाउने कांग्रेसले जनाएको छ।

कांग्रेसले सदस्यता अद्यावधिक गर्ने अन्तिम मिति आजसम्मलाई तोकेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिले भनेको छ, ‘क्रियाशील सदस्य रहेका सङ्घीय संसद्का सबै सदस्यहरू, प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरूले ज्येष्ठ २७ गते भित्र आफ्नो क्रियाशील सदस्यता अनिवार्यरुपमा अद्यावधिक गर्न र आफ्नो क्षेत्रभित्रका पार्टीका सबै तहलाई सक्रिय गराइ अद्यावधिक प्रक्रियामा सहजीकरण गर्न गराउन निर्देशन गरिन्छ।’

कांग्रेसले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, जिल्ला, क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका तथा वडा समितिका पदाधिकारी तथा सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीलाई पनि सदस्यता अद्यावधिक गर्न भनेको छ।

Skip This

Omoda E5 Pro