प्रम बालेनले देश र जनतासँग माफी माग्नुपर्छ– आङदेम्बे


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‌मा प्रधानमन्त्री बालेन्द्र शाहको खोजी अब नगर्ने घोषणा गरेको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री बालेनले नेपालले भारतको भूमि मिचेको भनी दिएको विवादित अभिव्यक्तिको सन्दर्भलाई जोड्दै नेता आङदेम्बेले प्रतिपक्षका लागि सरकारलाई दबाब दिने यो उपयुक्त अवसर भए पनि कांग्रेस संयमित बनेको दाबी गरे । उनले प्रधानमन्त्रीले दिएको विवादित कूटनीतिक अभिव्यक्तिका लागि संसद्‌मा मात्र नभई देश र आम जनतासँग माफी माग्नुपर्ने माग गरे । प्रधानमन्त्रीको जवाफ खोज्दै संसद् अवरोध गर्ने रणनीतिमा नरहेको सङ्केत गर्दै उनले अब कांग्रेसले संसद्‌मा प्रधानमन्त्रीलाई नखोज्ने तर उनको गैरजिम्मेवार अभिव्यक्तिको जवाफ जनताले नै खोज्ने उल्लेख गरे ।

Skip This

Omoda E5 Pro