काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा बोल्नका लागि समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।
रोष्ट्रम प्रयोग गरेर दलीय आधारमा बोल्न समय दिइरहेका सभामुखले श्रम संस्कृति पार्टीका सांसदलाई नबोलाई राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लागेका थिए ।
लगत्तै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्कराज राईलगायत सांसदहरूले उठेर आपत्ति जनाए ।
त्यसपछि सभामुखले भने, ‘माननीय सदस्यहरूले समय माग नगर्नु भएकोले हो। एक घण्टादेखि समय माग गर्नुहुन्छ भन्ने अपेक्षा गरेको थिएँ ।’
अहिले सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढिरहेका छन् भने श्रम संस्कृति पार्टीका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।



प्रतिक्रिया