दुई अर्ब होइन,दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस् :अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री डा‍‍‍‍‍‍.स्वर्णिम वाग्लेले नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरू लागेर बदनाम गर्ने प्रयास गरेको दाबी गरेका छन् ।

बिहीबार बसेको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति समेत दिए ।

“दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,” अर्थमन्त्री वाग्लेले भने ।

Skip This

Omoda E5 Pro