रास्वपा कोशी प्रदेश अधिवेशनमा विवाद,सांसदलाई प्रदेशमा प्रवेश गर्न नदिने सरीनको चेतावनी


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोशी प्रदेश अधिवेशनमा विवाद भएको छ । अधिवेशनमा केही सांसदहरूले चलखेल गरेको भन्दै कार्यवाहक अध्यक्ष गोमा तामाङ्ग(सरीन) ले असन्तुष्टि जनाएकी छन् ।

मोरङको विराटचोकमा जारी अधिवेशनमा उनले पार्टीको चुनावमा हस्तक्षेप गर्न खोज्ने सांसदहरुलाई राजीनामा गरेर मैदानमा आउन चुनौती दिइन् ।

तामाङ सभापतिको उम्मेद्वार हुन् । उनले आफूलाई हराउन सांसदहरूले गुटबन्दी गरेर अरुका पक्षमा मत मागेको आरोप लगााएकी छन् । अधिवेशनस्थलमा बोल्दै तामाङले कुनै एउटा व्यक्ति वा प्यानल जिताउन लागि पर्ने सांसदहरूलाई कोशी प्रदेशमा निषेध गर्ने चेतावनीसमेत दिइन् ।

Skip This

Omoda E5 Pro