काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सांसदहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हेप्न गरी बोलेको भन्दै असनतुष्टि जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले भने, ‘अर्थमन्त्रीज्यूले माननीय ज्यूहरूलाई अलि हेप्ने गरी, धम्की दिने जस्तो, हिजोकाहरूको हामी छानबिन गर्ने फाइल खोज्दै छौं । हिजोकाले ७० प्रकारका हेरफेर गरे, मैले ६७ प्रकारको मात्रै गरेँ भन्ने जस्तो गरी प्रस्तुत हुनुभयो । यो दुःखद कुरा हो।’
आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा बिहीबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा छलफल भएको थियो । साथै प्रतिनिधिसभामै पनि यो विषयमा छलफल भएको थियो ।
जवाफका क्रममा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर नेता पुनले लेखा समितिमा यो विषय उठाएका हुन् ।



प्रतिक्रिया