अर्थमन्त्री वाग्लेलाई वर्षमानको चुनौती- ‘मेरै पालादेखि नै फाइल खोल्नुस’


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै सांसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरेका हुन् ।

पुराना दलले ६७ वटा हेरफेर गरेकोमा मैले ७ वटामा हेरफेर गरेँ भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै उनले आपत्ती जनाए ।

उनले हाउसमा टेबल भइसकेको कुरा परिवर्तन गर्ने कुरा सामान्य नभएको भन्दै उनले सूक्ष्म रूपमा अध्ययन, अनुसन्धान गर्नुपर्ने बताए । उनले अर्थमन्त्री वाग्लेले पुरानो फाइल खोल्ने कुरा गरेको भन्दै उनले आफू अर्थमन्त्री हुँदा देखि नै फाइल खोल्न चुनौती समेत दिए ।

‘पुरानाले गल्ती गरे भन्दै नयाँले पनि गल्ती गर्न पाइन्छ ? फाइल खोल्ने कुरा अर्थमन्त्रीले गर्नुभयो । खोलौँ मेरै पालादेखि नै खोलौँ,’ उनले भने ।

Skip This

Omoda E5 Pro