सरकारले निजी लगानीमैत्री बजेट ल्याएको छ :आशिष गजुरेल


काठमाडौँ । पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सरकारले निजी लगानीमैत्री बजेट ल्याएको दाबी गरेका छन् ।

शुक्रबार इप्पानको २४औँ साधारणसभा तथा ८औँ अधिवेशनमा आफनो मन्तव्य दिँदै उनले यस्तो दाबी गरेका हुन् । ‘हामीले निजी लगानीमैत्री बजेट ल्याएका छौँ। हाम्रो लिएको नीति पुरा गर्न निजी क्षेत्रको आवश्यकता रहन्छ। हामी अझै निजी क्षेत्रमैत्री हुन्छौँ।’ उनले भने ।

उनले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताए।

उनले नीतिगत तहमा केही सुधार गर्नुपर्ने भए जानकारी गराउन अनुरोध समेत गरे । ‘ऊर्जा क्षेत्रको विषयमा समस्या भए हामीलाई भन्नुहोला । हामी छलफल गरेर आवश्यक परे सम्बन्धित निकायलाई निर्देशन समेत दिन सक्छौँ,’ उनले भने ।

Skip This

Omoda E5 Pro