काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले गृहमन्त्री सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खड्काले सम्पत्ति लगायतका विषयमा प्रश्न उठेका तथा मानव अधिकार आयोगको प्रतिवेदनमा समेत जेनजी आन्दोलनको घटनामा दोषी ठहर गरिएका गुरुङलाई पुनः गृहमन्त्री बनाइनु अस्वीकार्य भएको बताए ।
‘‘माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्ति लगायतका विषयमा प्रश्न उठेपछि छानबिन समिति बनाइयो । सुनिन्छ, उक्त समितिले उहाँलाई चोख्यायो रे । तर प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री बनाइयो । एकातिर सुशासनको नारा, अर्कोतिर आफ्नालाई पुरस्कृत गर्ने काम भइरहेको छ,’ उनले भने ।



प्रतिक्रिया