रास्वपा गण्डकी प्रदेश अधिवेशन स्थलमा जेनजीको धर्ना


पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन स्थल पोखरा सभागृह अगाडि ‘जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले धर्ना दिएको छ।

आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दाहरू फिर्ता गर्न र उनीहरूलाई न्याय दिलाउन माग गर्दै उक्त समूहले आज प्रदर्शन गरेको हो।


उनीहरूले आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूमाथि लगाइएका मुद्दाहरू राजनीतिक पूर्वाग्रहका आधारमा भएको बताएका छन्। प्रदर्शनका क्रममा उनीहरूले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार तथा नागरिक अधिकारको सम्मान हुनुपर्ने बताएका छन्।

सरकारबाट आफ्ना मागहरूको तत्काल सुनुवाइ नभएमा आगामी दिनमा थप सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएको छ।

Skip This

Omoda E5 Pro