सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णालीको प्रथम अधिवेशन आज बिहान ११ बजेटबाट सुरु हुँदै छ ।
वीरेन्द्रनगरको शुभ होटलमा आयोजना गरिएको अधिवेशनको उद्घाटन रास्वपाका महामन्त्री भूपदेव शाहले गर्नेछन् ।
रास्वपा कर्णाली प्रदेश सह–महामन्त्री तथा संगठन विभाग प्रमुख राजबहादुर शाहका अनुसार, अधिवेशनको तयारी पुरा भइसकेको छ । अधिवेशनका लागि १० जिल्लामा ५३० जना प्रतिनिधि छनोट भएर आएका छन् ।
प्रदेश नेतृत्वको लागि सुरुमा पाँच जनाले आकाङ्क्षा राखेका थिए । अधिवेशनको नजिक आउँदा रुकुम पश्चिमका मानबहादुर शाही सभापतिको लाइनबाट बाहिरिएका छन् ।
वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा र नन्दकिशोर बस्नेत सभापति को लागि प्रतिस्पर्धामा देखिने स्रोतले जानकारी दियो ।।



प्रतिक्रिया