काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहको संयुक्त भेला विराटनगरमा आज(आइतबार) हुँदैछ ।
कोशी प्रदेशस्तरीय ‘ऐतिहासिक बृहत भेला’ नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ ।
कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईले देउवा समूह र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको बताए । यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेताहरु उपस्थित भएका थिएन् ।
महामन्त्री राईका अनुसार विराटनगरको मनास्लु होटलमा भेला तय भएको छ । भेलामा नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद प्रमुख वक्ता रहेका छन् ।



प्रतिक्रिया