अब एमालेले ‘एल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’ लाई विशेष ध्यान दिने


काठमाडौं । नेकपा एमालेले डिजिटल दुनियाँको ‘एल्गोरिदम’ र ‘पर्सेप्सन म्यानेजमेन्ट’ (धारणा व्यवस्थापन) लाई विशेष ध्यान दिने जनाएको छ ।

सामाजिक सञ्जालमा तथ्य र दृष्टिकोणका आधारमा सशक्त उपस्थिति कायम गर्न ‘इको च्याम्बर’, ‘रिपिटिसन’, ‘इमोसनल ट्रिगर’ र ‘माइक्रोटार्गेटिङ’ जस्ता प्रविधिहरू प्रयोग गर्ने ‘मिसन जागरण अभियान’ सर्कुलरमा उल्लेख गरिएको छ ।

पार्टीले आफ्ना समर्थकहरूका लागि छुट्टै ‘इको च्याम्बर’ सिर्जना गर्ने र एउटै सकारात्मक सन्देशलाई बारम्बार दोहोर्‍याएर (रिपिटिसन) जनमानसमा विश्वासिलो बनाउने रणनीति लिएको छ । साथै, रिस, डर वा उत्साह जगाउने सामग्रीले एल्गोरिदममा बढी चर्चा पाउने हुनाले त्यस्ता ‘इमोसनल ट्रिगर’ हरूलाई सदुपयोग गर्ने एमालेको तयारी छ ।

एमालेले पार्टी संगठनलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ‘‘डिजिटल राजनीति’ मा आफ्नो उपस्थिति आक्रामक बनाउने योजना अघि सारेको हो ।

यस्ताे छ मिसन पार्टी जागरण अभियानको कार्ययोजनाको पूर्णपाठ :