विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।
पार्टीभित्र दबाब सिर्जना गर्न र विशेष महाधिवेशनपछि देखिएका सांगठानिक कमजोरी सच्याउन भन्दै यो समूहले आइतबार वृहत भेलाको आयोजना गरेको हो ।
भेलामा नेताहरू डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला र विजयकुमार गच्छदार सहभागी छन् । कोशी प्रदेशका १४ वटै जिल्लाका अगुवा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले बताए ।



प्रतिक्रिया