धवल शमशेर र दुर्गा प्रसाईंको नयाँ पार्टी कहिले हुन्छ घोषणा ?


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवल शमशेर राणा समूह र मेडिकल व्यवसायी दुर्गा प्रसाईं मिलेर नयाँ राजनीतिक पार्टी घोषणाको तयारी गरेका छन्।

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईं र राणा समूहबिच नयाँ दल निर्माणका लागि भइरहेको पूर्व–तयारीबारे जानकारी गराउन आइतबार पत्रकार सम्मेलनको आयोजना गरिएको छ।

नेताहरूका अनुसार सम्भवतः आगामी असारको पहिलो साताभित्र नयाँ पार्टीले औपचारिक आकार लिइसक्नेछ।