धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको प्रदेश अधिवेशन आज हुने भएको छ । धनगढीको रिद्धिसिद्धी पार्टी प्यालेसमा बिहान ११ बजेदेखि अधिवेशन हुने रास्वपाले जनाएको छ ।
अधिवेशनमा सहभागी हुन प्रदेशका अन्य जिल्लाबाट प्रतिनिधि धनगढी आइसकेका छन् । अधिवेशनको उद्घाटन सत्र सकिएपछि नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढ्ने बताइएको छ ।
प्रदेश सभापतिमा निवर्तमान पार्टी सभापति इन्जिनियर प्रकाश विष्ट, कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य केपी खनाल, सञ्चार उद्यमी जनकराज पन्त र कञ्चनपुर–१ का प्रतिनिधिसभा सदस्य जनकराज धामीले आकांक्षा व्यक्त गरेका छन् ।
प्रदेश अधिवेशन पार्टीका महामन्त्री भूपदेव शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ ।



प्रतिक्रिया