ढुक्क रहनुहोस,‘पुनर्गठन हुन्छ, पार्टी फुट्दैन’-योगेश भट्टराई


काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको प्रक्रियाले पार्टीभित्र एकता अझ सुदृढ हुने बताएका छन् ।

समोबार सामाजिक सञ्जालमार्फत संक्षिप्त कवितात्मक शैलीमा धारणा सार्वजनिक गर्दै उनले पार्टी फुट्ने वा टुट्ने सम्भावना नरहेको बताएका छन् । उनले लोभ र पापको राजनीतिबाट टाढा रहँदै संगठन पुनर्गठनको दिशामा अघि बढ्ने संकेत गरेका हुन् ।

यस्ताे छ उनले फेसबुकमा लेखेकाे कविता :

छोक

ढुक्क रहनुहोस

लोभ छैन

पाप छैन

पुनर्गठन हुनेछ

फुटने छैन

टुटने छैन

सबै मिल्ने छन

थप एकताबद्ध हुनेछन

सबैको सम्मान हुनेछ

मति सुध्रने छ

गति बढ़ने छ