काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त विषयमा सभामुखको रुलिङ र प्रधानमन्त्रीको स्पष्टिकरण आवश्यक रहेको बताएका हुन् ।
दुलालले दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर नेपाली भूमिमा अवतरण गरेको भनिएको समाचारप्रति सरकारको आधिकारिक धारणा माग गरे । भारतीय सुरक्षा निकायका उच्च पदाधिकारी सवार हेलिकोप्टर नेपाली भूमिमा अवतरण हुनु गम्भीर विषय भएको उल्लेख गर्दै उनले यसबारे यथार्थ जानकारी सदनलाई गराउन सरकारसँग आग्रह गरे ।



प्रतिक्रिया