काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ । आज कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा राष्ट्रियसभा गृहमा बसेको नगर सभाको १९ औँ अधिवेशनले नीति तथा कार्यक्रम पारित गरेको हो ।

जेठ ३१ गते बसेको सभाको पहिलो बैठकमा कार्यवाहक प्रमुख डङ्गोलले, महानगरपालिकाको दीर्घकालीन सोच, उद्देश्य र योजना, तथा चालु आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न नभएका वहुवर्षीय कार्यक्रमलाई सम्बोधन गर्ने नीतिलाई निरन्तरता दिँदै ११ क्षेत्र समेटेर १०१ बुँदामा नीति पेश गरेकी थिइन् ।