नेपालमा ड्राइभर पाउनै गाह्रो भयो : वरिष्ठ उपाध्यक्ष सिटौला


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालमा ड्राइभर पाउनै मुस्किल भएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले भने, ‘दुई जना सवारी चालकको कुरा आयो । तर, यहाँ एउटालाई एकछिन् अगाडि कारबाही गर्‍यो भने एकछिनपछि अर्को गाडी चलाउन पुग्छ र हात हल्लाइरहेको हुन्छ ।’

युवालाई सवारी चालकको रुपमा आकर्षण गर्न आवश्यक रहेको उनको भनाइ छ । युकाहरु वैदेशिक रोजगारीको लागि विदेशिएकाले पनि समस्या भएको उनको भनाइ छ ।