काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई विशेष अदालतले चार दिन थुनामाख राख्न अनुमति दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीबाट उनीहरू दुवैजनालाई ब्रंगलबार बिहानै पक्राउ गरिएको थियो ।
अख्तियारबाट २० दिन थुना म्याद माग भएको विशेष अदालतका प्रवक्ता हरिशरण लामिछानेले जानकारी दिए । तर, अदालतबाट चार दिन हिरासतमा राख्न अनुमति दिइएको उनले बताए ।
उनीहरूविरुद्ध अख्तियारले ‘राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचारजन्य कसुर’मा छानबिनका निम्ति म्याद थप माग गरेको थियो ।



प्रतिक्रिया