भरूवा बन्दुक सहित दुई जना पक्राउ


धादिङ, निलकण्ठ नगरपालिका-११ गोला भञ्ज्याङबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय श्याम बहादुर शाक्य र सोही नगरपालिका-९ बस्ने ३२ वर्षीय सन्त बहादुर गुरूङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।