सरकारलाई देउवा दम्पतीले भन्यो- ‘साउन २८ भित्र नेपाल फर्कन्छौँ’


काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन् । जेठ २८ गते इमेलमार्फत पत्राचार गर्दै देउवा र उनकी पत्नी डा. आरजु राणाले २ महिनाभित्र नेपाल फर्केर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुसन्धामा सहयोग गर्न तयार रहेको प्रष्ट पारेका छन् ।

देउवाले विभागका महानिर्देशकलाई सम्बोधन गरेर इमेल पठाइएको स्रोतले जानकारी दियो । पत्रमा स्वास्थ्य उपचारका क्रममा रहेको अवस्थामा आफूहरूलाई ‘देश छाडेर भागेको,अनुसन्धानमा उपस्थित नभएको भन्ने जस्ता भाष्य सिर्जना गरी पक्राउ पुर्जी जारी गर्ने तथा नेपाल प्रवेश गर्न कठिनाइ हुने अवस्था नबनाइयोस’ भनेर सरकारलाई अनुरोध समेत गरिएको छ ।

देउवन दम्पति २०८२ फागुन १३ गते सिंगापुर गएका थिए । हाल उनीहरू कुन ठाउँमा छन् भन्ने आधिकारिक जानकारी भने दिइएको छैन ।