रास्वपा प्रथम राष्ट्रिय महाधिवेशन : सभापति लामिछानेले गरे मधेसका सांसदहरूसँग छलफल


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनका सन्दर्भमा पार्टी सभापति रवि लामिछानेले आज मधेस प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

बुधबार बिहान रास्वपाको संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो । छलफलमा अधिवेशन सञ्चालन, संसदीय गतिविधि तथा समसामयिक राजनीतिक विषयमा विचार–विमर्श भएको बताइएको छ। मधेस प्रदेशका सांसदहरूले प्रदेश सभाको कामकारबाहीलाई प्रभावकारी बनाउनुपर्ने विषयमा आफ्नो धारणा राखेका थिए।

सभापति लामिछानेले संसदलाई जनउत्तरदायी र प्रभावकारी बनाउन दलभित्र र प्रदेशस्तरमा समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन असार ७,८ र ९ मा चितवनमा हुँदैछ ।