हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दर्ता नवीकरण नभएका ४० भन्दा बढी औषधी तथा फार्मेसी पसलहरू बन्द गर्न निर्देशन दिएको छ ।
औषधि व्यवस्था विभागले तोकिएको समयसीमाभित्र नवीकरण नगरेका औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र रद्द गरेसँगै जिल्ला प्रशासन कार्यालयले मकवानपुरका ४० भन्दा बढी त्यस्ता पसल निर्देशन दिएको हो ।
बुधबार एक सूचना जारी गर्दै कार्यालयले देशभरका ५ हजार ३०२ वटा औषधि पसलहरूको सञ्चालन प्रमाणपत्र (अनुमति) रद्द गरिएको र उक्त निर्णय अनुसार मकवानपुरका ४० बढी औषधी तथा फार्मेसी पसल दर्ता नवीकरण नरहेकाले बन्द गर्न सूचित गरेको हो ।
औषधि व्यवस्था विभाग, बिजुलीबजारले गत असार २ गते सार्वजनिक सूचना जारी गर्दै कानुनी अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका अनुज्ञापत्र, सिफारिस पत्र तथा अन्य सम्बन्धित प्रमाणपत्रहरू स्वतः रद्द भएको स्पष्ट पारेको थियो ।




प्रतिक्रिया