सभामुखलाई सांसदकाे प्रश्न- ‘रास्वपा सँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?’


काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विवादित अभिव्यक्तिमाथि रुलिङ नगरेको भन्दै सभामुख डोल प्रसाद अर्यालमाथि नै प्रश्न उठाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने , ‘स्वयम सभामुख महोदयसँग एउटा प्रश्न छ । सभामुख महोदय, हाम्रो गरिमामय जो सामुन्ने कुर्सीमा बस्नु भन्दा पहिला एउटा पार्टीसँग सम्बन्धित हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म त्यो पहिलेको रास्वपा पार्टी थियो यहाँको त्यो सँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?’

प्रधानमन्त्रीलेकाे अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा देशको छविमा आँच पुर्‍याएको उनकाे भनाइ छ ।