रास्वपाको सभापतिमा उम्मेदवार बन्न ५१ हजार शुल्क तिर्नुपर्ने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यको उम्मेदवार बन्न २१ हजार शुल्क निर्धारण गरिएको छ ।

पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार शुल्क बुझाउनुपर्ने हुन्छ । अन्य पदाधिकारीहरू उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारलाई समान शुल्क ४१ हजार तोकिएको छ ।

रास्वपाको विधान अनुसार एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री, एक महिला सहित चार सहमहामन्त्री हुने व्यवस्था छ ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि ९ सम्म चितवनमा हुँदैछ ।