काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै लैजान प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्ना मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताए ।
‘वर्तमान सरकारको शिक्षा तथा स्वास्थ्यमा उल्लेख्य लगानी गर्ने प्रतिबद्धता अनुरूप आगामी आर्थिक वर्षमा शिक्षामा लगानी वृद्धि गर्दै लगिनेछ । विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्नका लागि स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाई उपलब्धिमा वृद्धि गर्नका लागि फाउन्डेशन लर्निङसँग सम्बन्धी क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरिएको छ । आगामी वर्षका लागि विद्यालय पूर्वाधारमा १० अर्ब ४५ करोड २४ लाख ४ हजार विनियोजन गरिएको छ,’ उनले भने ।
साथै शिक्षा क्षेत्रको सुधारका लागि गरिने सबै क्रियाकलापका लागि बजेटको आवश्यकता नहुने उनले बताए ।



प्रतिक्रिया