कमेडियन हिमेश पन्तले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने 


काठमाडौं । हास्य कलाकार तथा कमेडियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। सनिवार सामाजिक संजाल फेसबुकमार्फत उनले पार्टीलाई थप बलियो, व्यवस्थित बनाउने उद्देश्यसहित आफ्नो उम्मेदवारी केन्द्रिय सदस्य पदमा रहने जानकारी दिएका हुन् ।

पन्तले २०७९ सालमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारका रूपमा निर्वाचनमा प्रतिस्पर्धा गरेको स्मरण गराउँदै २०८२ मा व्यक्तिगत आकांक्षाभन्दा माथि उठेर पार्टीका अन्य उम्मेदवारहरूलाई जिताउन अभियानमा सक्रिय भूमिका खेलेको दाबी गरेका छन् ।

उनले आफ्नो उम्मेदवारी पद प्राप्तिको चाहनाभन्दा पनि पार्टी संगठन सुदृढीकरणको अभियान भएको उल्लेख गरेका छन्। 

पार्टीभित्रका साथीहरूको आवाज केन्द्रसम्म पुर्‍याउने, संगठन निर्माणलाई थप प्रभावकारी बनाउने तथा इमानदार ढंगले जिम्मेवारी निर्वाह गर्ने आफ्नो अठोट रहेको उनले बताएका छन ।

रास्वपाको प्रथम महाधिवेशन आइतबार देखि(असार ७-९) चितवनमा हुँदैछ ।