रहेनन् पूर्वमन्त्री एवम् कांग्रेस नेता खरेल


काठमाडौं, असार ८ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन भएको छ । दम रोगबाट पीडित खेरेलको ८० वर्षको उमेरमा बानेश्वरको फ्रन्टलाइन अस्पतालमा आइतबार राति निधन भएको हो ।

नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएवापत पटक-पटक गरी झण्डै ९ वर्ष जेल जीवन बिताएका खरेल २०५६ मा संसद जितेपछि शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री भएका थिए ।

खरेलको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि अहिले बिहान ९ बजेदेखि ११ बजेसम्म कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । उनको अन्तिम संस्कार दिउॅसो १ बजे पशुपतिमा गरिने पारिवारिस स्रोतले जनाएको छ ।