हाइसले ठक्कर दिदा ज्यान गुमाएका भट्ट नायक बिराज भट्टका सहाेदर दाजु


काठमाडौं, असार ८ । धनगढीकाे एयरपोर्ट चाेक नजिकै हाइसले माेटरसाईकललाई ठक्कर दिदा ज्यान गुमाएका चेतराज भट्ट नायक बिराज भट्टका सहाेदर दाजु भएकाे खुलेकाे छ । आइतबार साँझ हाइसले माेटरसाईकललाई ठक्कर दिदा गाेदावरी नगरपालिका-५ का ६५ वर्षीय चेतराज भट्टकाे मृत्यु भएको थियो । उनी सवार म १ प ५२४ नम्बरकाे माेटरसाइकललाई सुपप्र ०२००१ ज ०६९३ नम्बरको ईभी हाइसले ठक्कर दिएकाे थियो ।

गम्भीर घाइते भएका उनकाे माय मेट्राे अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।