चन्द्रपुर (रौतहट), ८ असार । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारले किसानको पक्षमा काम गरिरहेको बताएका छन् ।
आज रौतहटको गढीमाई नगरपालिकाको १३औँ नगरसभाको यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा किसानको बाहुल्यता रहेको जानकारी दिए । उनले उत्पादनका लागि किसान खुसी नबनाएसम्म कृषि अर्थतन्त्रको विकास असम्भव भएको जानकारी दिर्दै कृषिमा आबद्ध किसानलाई कृषि अनुदान उपलव्ध गराउने सन्दर्भमा सरकार अग्रसर भएर अगाडि बढ्ने बताए ।
नगरसभामा गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८३÷८४ को लागि रु ५९ करोड २२ लाख ५५ हजारको बजेट प्रस्ताव गरेका छन् । रासस



प्रतिक्रिया