काठमाडौं, असार ९ । देशका ११ जिल्लामा बर्डफ्लु सङ्क्रमण फैलिएको छ । पशु सेवा विभागका अनुसार ४ चैत २०८२ मा मोरङबाट सुरु भएको बर्डफ्लु सङ्क्रमण झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लाका ८२ स्थानमा पुष्टि भइसकेको छ ।
सङ्क्रमण नियन्त्रणका लागि हालसम्म सङ्क्रमित क्षेत्रबाट ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएका छन् भने ९ लाख ८९ हजार ३१३ अन्डा र १ लाख ९५ हजार ४८५ किलो दाना पनि सुरक्षित रूपमा नष्ट गरिएको छ । कोशी प्रदेशमा सङ्क्रमण केही नियन्त्रणमा आए पनि काठमाडौं उपत्यकामा जोखिम उच्च छ ।



प्रतिक्रिया