काठमाडौं । प्रधानमन्त्री एवं रास्वपाका वरिष्ट नेता वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम साहले पनि रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
साहले पार्टीमा कुनै गुट छैन भन्ने सन्देश दिन आफूले उम्मेदवारी दिएको बताएका छन् । उनले खुल्ला मुस्लिम समावेशी तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् ।
प्रधानमन्त्री बालेनका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।




प्रतिक्रिया