काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रदेशसभा खारेजी र स्थानीय तह एकतिहाइ कटौती गरी संघीय संरचनामा व्यापक फेरबदल गर्ने प्रस्ताव राखेपछि त्यसलाई लिएर जनमत पार्टीले विरोध गरेको छ।
सिके राउत नेतृत्वको जनमत पार्टीले रास्वपाको महाधिवेशन बन्दसत्रमा वाग्लेले पेस गरेको अर्थ(राजनीतिक प्रतिवेदनमा गरिएको प्रदेश सभा खारेजी प्रस्तावको विरोध गरेको हो।
‘सबै पार्टीले आआफ्नो राजनीतिक एजेण्डा लिन स्वतन्त्र छन्, कसैले राजतन्त्रको पुनर्स्थापनालाई लिएका छन् भने कसैले प्रदेशको खारेजी। त्यसैले अरू पार्टीले के एजेण्डा बोक्छन् त्यो पार्टीको आन्तरिक कुरा होला। त्यसैगरी कुनै पार्टीले ुप्रदेश सभाु खारेजीको एजेण्डा राख्नेबित्तिकै प्रदेश सभा खारेज हुने होइन, किनकि अहिलेको सरकारबाट संविधान संशोधन हुन सक्दैन, त्यसैले कोही तुरून्तै आत्तिहाल्नु पर्ने अवस्था चाहिँ होइन,’ अध्यक्ष राउतले लेखेका छन् ।
रास्वपा वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले चुनावअघि जनकपुरमा भएको सभामा प्रदेशलाई बलियो बनाउने कुरा गरेका थिए।



प्रतिक्रिया