रास्वपा महाधिवेशन : अझै सार्वजनिक भएन उमेदवारको प्रारम्भिक नामावली


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा निर्वाचन कार्यक्रम जारी छ । ९९ केन्द्रीय सदस्यका लागि ४०० जनाको उमेदवारी परेको छ ।

तर,बुधबार दिउँसोसम्म पनि उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छैन । प्रारम्भिक नामावली सार्वजनिक गरिएपछि दाबीविरोधका लागि समय दिइनेछ । त्यसपछि रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने तय गरिएको छ ।

चितवनको भरतपुरमा भइरहेको सो महाधिवेशनमा मतदानका निम्ति ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ ।

आजै रातिसम्म केन्द्रीय सदस्यका लागि पहिलो चरणको निर्वाचन सम्पन्न गरेर दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने तयारी गरिएको छ । दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री गरी ६ जनाको निर्वाचन हुनेछ ।