काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन अन्तर्गत बुधबार मध्यरातिदेखि ९९ जना केन्द्रीय सदस्यको लागि मतदान जारी छ । सभापति र केन्द्रीय सदस्यको निर्वाचन भएपछि मात्रै थप पदाधिकारीको लागि दोस्रो चरणमा मतदान गर्ने विधानको व्यवस्था छ ।
तर, दोस्रो चरणको मतदानको लागि नबसी प्रतिनिधिहरु घर फर्कन थालेका छन् । केन्द्रीय सदस्यको लागि मतदान गरेलगत्तै प्रतिनिधिहरु फर्किन थालेका हुन् ।
मंगलबारबाट महाधिवेशन लम्बिए लगत्तै प्रतिनिधिहरु घर फर्कन लागेका थिए । केन्द्रीय सदस्यमा उठेका एक उम्मेद्वारको अनुसार ५० प्रतिशत बढी प्रतिनिधिले चितवन छोडिसकेका छन् ।
निर्वाचन आयोगका अनुसार ४१ सय हाराहारी प्रतिनिधि रहेका छन् ।



प्रतिक्रिया