काठमाडौं । नेपाली कला, संस्कृति तथा संगीत क्षेत्रलाई विश्व बजारसम्म विस्तार गर्ने उद्देश्यसहित ‘धुनमाटो’ नामक सांगीतिक कार्यक्रम सन्चालनमा आएको छ।
सनिवार काठमाडौमा एक विशेष समारोहको आयोजना गर्दै `धुनमाटो´ कार्यक्रमको उद्घाटन गरिएको छ । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले अबको युग गीत–संगीतको युग भएको बताए।

उनले नेपालको मौलिक पहिचानमध्ये लोक संगीत पनि एक महत्वपूर्ण आधारका रूपमा रहेको बताए । उनले यसको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रियकरणमा सबै पक्षको साझा प्रयासको आवश्यकता औंल्याए ।
‘धुनमाटो’ जस्तो कार्यक्रमले नेपाली संगीतलाई विश्वमञ्चसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने धमलाले विश्वास व्यक्त गरे । उनले ‘धुनमाटो’ ले नयाँ प्रतिभाको खोजी र संगीत क्षेत्रको विकासमा समेत योगदान पुर्याउने उल्लेख गर्दै यस अभियानबाट गीत–संगीत क्षेत्रमा नयाँ पुस्ताले अवसर पाउने बताए।
साथै, नेपाली संगीत क्षेत्रमा यस कार्यक्रमले नयाँ फड्को मार्ने उनको भनाइ छ । कार्यक्रम प्राइम टेलिभिजन एचडीमार्फत प्रसारण हुने जानकारी दिँदै आयोजक पक्षले ‘धुनमाटो’ लाई नेपाली सांगीतिक क्षेत्रको एउटा महत्वपूर्ण अभियानका रूपमा अगाडि बढाइने जनाएको छ।
आयोजकका अनुसार यस कार्यक्रमले स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई पनि एउटै मञ्चमा प्रस्तुत गर्नेछ।



प्रतिक्रिया