काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सडकमा परम्परागत शैलीका आकर्षक सडकबत्ती जडान गरेको छ।
नयाँ सडक क्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक स्वरूपलाई थप उजागर गर्दै रातिको समयमा पैदलयात्री तथा सर्वसाधारणका लागि सुरक्षित, सहज र व्यवस्थित आवागमन सुनिश्चित गर्ने लक्ष्यका साथ यी सडकबत्ती जडान गरिएको महानगरले जनाएको छ।
साँझ परेपछि बल्ने परम्परागत शैलीका सडकबत्तीले इन्द्रचोकदेखि विशाल बजारसम्मको व्यापारिक तथा पर्यटकीय क्षेत्रलाई आकर्षक र मनमोहक बनाएको छ।



प्रतिक्रिया