काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का प्रमुख सचेतक युवराज दुलालले रास्वपाको महाधिवेशनबाट पारित भएको प्रस्तावप्रति आपत्ति जनाएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लोकप्रियताको घुम्टोले जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काई–जिस्काई कपट र षड्यन्त्र गरिरहेको टिप्पणी गरे ।
‘संसदीय निर्वाचनको सङ्ख्यामा सानो हौँ या ठुलो, त्यो आवधिक परिणाम हो। हामी आवधिक चुनावमा यो पटक तपाईँहरूसँग हारेका हौँ, सधैँका लागि हारेका होइनौँ। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौँ। दायाँ आसनमा फेरि अरू पनि बस्न आइपुग्न सक्छन् भन्ने कुरा सत्तारूढ दललाई हेक्का दिलाउन चाहन्छु,’ उनले भने ।



प्रतिक्रिया